झागाटोलीमा एक युवा झुण्डिएको अवस्थामा मृत फेला

झापा एक्सप्रेस , २६१६०  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-७ स्थित झागाटोलीमा एक युवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

अन्दाजी ३५ वर्षीय दिपक रसाईली झागाटोली स्थित कदमको रुखमा नाइलनको डोरीमा झुन्डिएको अबस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इलाम राँकेका रसाईली बिगत लामो समय देखी झापा गाउँपालिका-६ स्थित ससुराली घर कृष्ण रसाइलीको घरमा बस्दै आएका थिए।उनी कृष्णका ज्वाई रहेको बताइएको छ।

आज मंगलबार अन्दाजी १६.३० बजे रसाइली झुन्डिएको अबस्थामा मृत देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए।पन्थापाडा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक बिरबहादुर भण्डारी सहित टोली घटनास्थल पुगेको थियो।

मृत फेला परेका रसाईलीका बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-०८-३० , समय : १८:१७:२६ , २ वर्ष अगाडि

error: Content is protected !!