इसाई समाजले गर्यो जनप्रतिनिधिलाई सम्मान

झापा एक्सप्रेस , १६१७९  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका स्थीत त्रीएक प्रशंसा इसाई समाजले जनप्रतिनिधिलाई सम्मान गरेको छ।

समाजले झापा गाउँपालिका अध्यक्ष जयनारायण साह,उपाध्यक्ष अन्जुदेवी थपलिया सहित नेपाली काँग्रेसका झापा जिल्ला सभापती देउमान थेवेलाई सम्मान गरेको हो।इसाई समाजलाई पुर्याएको योगदान साथै इसाई समाजको समाधी स्थलका लागी जग्गाको व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै समाजले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको छ।गाउँपालिकाले इसाई समाजका लागी झापा-२ श्रीजनाबस्तीमा समाधी स्थलका लागी एक बिगाह सात कठ्ठा जग्गा उपलब्ध गराएको थियो।

समाजका अध्यक्ष सुन्दर किस्कु र क्रिष्ठीयन महासंघ प्रदेश नम्बर १ का प्रमुख एनोस गजमेरको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा शुभ-कामना मन्तव्य राख्दै नेपाली काँग्रेसका जिल्ला सभापती थेवेले इसाई समाजको प्रसंसा गर्दै सबै धर्म,भाषा,संस्कृती,जात,भेषभुसाको संरक्षण गर्दा मात्रै समृद्ध अनी शान्त मुलुक बन्ने बताए।

कार्यक्रममा विशिष्ट अथिती गाउँपालिका अध्यक्ष साहले आफ्नो कार्यकालमा कुनै पनी धर्म,संस्कृती,दल आदीलाई विवेद नगरी समान व्यवहार गरेको बताए।उनले झापा गाउँपालिकामा बसोबास गर्ने सम्पुर्ण धर्मका मानिसहरुलाई आवश्यकता पर्ने मन्दिर,चर्च,गुम्बा,मस्जिद,माझीथान लगायतका संरचना बनाउन गाउँपालिका पछि नहट्ने दावी गरे।जनताको खुसी र चाहानानै हाम्रो लक्ष्य हो उनले भने ´हामीले धेरै कुरा बनाएका छौ,अपुरा भएका संरचना फेरी बनाउँदै लग्ने छौ।`

कार्यक्रममा प्रमुख अतिथी गजमेरले झापा गाउँपालिकाले इसाई समाजलाई पुर्याएको योगदानको चर्चा गर्दै नेपाल सरकारले समेत क्रीसमसका दिन विदा नदिए पनी झापा गाउँपालिकाले यस दिन विदा दिने गरेकोमा खुसी व्यक्त गरे।उनले इसाई समाजले नेपाल सरकारसँग समाजको हकहितका लागी सदैव लडिरहेको बताए।

जगन्नाथ पौडेलले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अन्जुदेवी थपलिया , समाजसेवी टंक विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा स्वागत समाजकी सचिव सिता पोखरेलले गरेकी थिइन।

प्रकाशित मिति: २०२२-०८-२३ , समय : १९:२४:१७ , २ वर्ष अगाडि