झापा एक्सप्रेस , १२३७४ पटक हेरिएको
कनकाई-कनकाई नगरपालिका ६ को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गरिएको छ ।
वार्डअध्यक्ष दिर्घबहादुर थापाले आर्थिक बर्ष २०७९/८० को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गर्नुभएको हो ।
वार्डले पाएको कुल ८९ लाख २९ हजारको उक्त बजेट सार्वजनिक गर्दै वडाअध्यक्ष थापाले बजेटमा भौतिक विकास तर्फ ४७ लाख ५० हजार, सामाजिक विकास तर्फ १६ लाख ९९ हजार, शिक्षा तर्फ ४ लाख ३० हजार संस्थागत विकास तर्फ ६ लाख ७५ हजार, कृषित तर्फ ६ लाख २५ हजार, बिपद व्यावस्थापन र भैपरि आउने तर्फ ७ लाख ५० हजार रुपैँया बजेट छुट्टाउनु भएको छ । यस बर्षको वार्डको बजेटमा कृषकलाई निशुल्क गाईको एआई सेवा देखि लिएर वार्डभित्र मृत्यु हुने नागरिकलाई निशुल्क शव जलाउनका लागि आर्यघाटमा दाउरा प्रदान र किरिया खर्च समेत दिइने कार्यक्रम राखिएको छ ।
यसैविच बजेट सार्वजनिककरण कार्यक्रममा यस क्षेत्रका अगुवा सामाजिक अभिभावक लीलाप्रसाद नेपाल सहित स्वास्थ्यकर्मी सर्मिला सेडाँई र नगरपालिका कर्मचारी फणिन्द्रकुमार गिरीलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ । सम्मानित सबैलाई संघिय सांसद एलपी साँबा लिम्बु र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँबाले जनताको विकासप्रतिको मोहभंग हुन कुनैपनि जनप्रतिनिधिलाई छुट नभएको बताउँनुभयो । सांसद साँबाले सरकारले अघिल्ला दुई बर्षमात्रै खुलेर विकास निर्माणको काम गर्न पाएको र पछिल्ला तीन बर्षमा कोरोना कहरका कारण विकास निर्माणले गति लिन नपाएको बताउँनै कतिपय अवस्थामा ठेकेदारको चरम लापर्वाहीकै कारण बन्नुपर्ने संरचनाहरु समयमै बन्न नसकेको समेत बताउँनुभयो । अहिलेको गठबन्धनको सरकारले देशको आर्यआर्जनका लागि खास काम गर्न नसकेको आरोप लगाउँदै यहि अवस्था रहने हो भने देश ढिलो चाडो श्रीलंकाको बाटोमा जाने समेत सांसद साँबाले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई ६ को विकासका लागि कनकाई नगरपालिका तीनैवटा सरकार मिलेर अगाडि बढने प्रतिवद्धता जनाउनुभयो । कनकाई नगरपालिकाको विकासको गति ६० बर्षअघिको भन्दा अहिले आफु आएपछि वढी भएको समेत नगरप्रमुख पोखरेलको भनाई थियो ।
कार्यक्रममा कनकाई नगरपालिका ६ नम्बरका वडाअध्यक्ष दिर्घबहादुर थापाले कनकाई ६ नम्बर वार्ड नगरको भौगोलिक अवस्थाका कारण ज्यादै पिछाडिएको भन्दै नगरपालिकाले भुगोल र जनसख्यालाई आधार मानेर बजेट बितरण गर्दा आफुहरु ठगिएको गुनासो गर्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी, नेकपा माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, कांग्रेसका नगर उपसभापति सीता घिमिरे, एमालेका वार्डअध्यक्ष वेदकुमारी चापागाई, जग्गादाता यामनाथ गौतम, चम्पापुर माविका प्रअ विष्णुप्रसाद कोइराला लगायातको आतिथ्यता रहेको थियो ।
यसैगरि सोहि कार्यक्रमका विच कनकाई नगरपालिका ६ नम्बर वार्डको जेष्ठ नागरिक चौतारोको समेत उदघाटन गरिएको छ । जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटीले वार्डनम्बर ६ का जेष्ठ नागरिक संघका अध्यक्ष पदमप्रसाद ओलीलाई चौतारोको चावी हस्तानतरण गर्नुभयो । चौतारीमा यस क्षेत्रका जेष्ठ मातापिताले दैनिक दिवासेवा र भजन किर्तन गरि मनको बह भुलाउने काम गर्दै आउनुभएको छ । कनकाई नगरपालिका सहारा नेपाल र स्थानीयको लगानीमा उक्त जेष्ठ नागरिक चौतारो निर्माण गरिएको हो ।
प्रकाशित मिति: २०२२-०८-१५ , समय : १९:४७:१२ , २ वर्ष अगाडि