प्रधानलाई फेरी भेटौला र कटवाललाई स्वागत

झापा एक्सप्रेस , १८४३०  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको छ।उनको सरुवा काठमाण्डौं स्थीत सशस्त्र प्रहरी गणमा भएको हो।

प्रधानको सरुवा भए सँगै टाघनडुब्बा बिओपीमा २२ नं गण भक्तपुरबाट सशस्त्र प्रहरी निरिक्षक सरोज कटवाल आएका छन् ।आइतबार एक कार्यक्रमका विच जनप्रतिनिधि,राजनितीक दलका प्रतिनिधि,स्थानीय लगायतले प्रधानलाई फेरी भेटौला र कटवाललाई स्वागत गरेका छन् ।

प्रधानको कार्यकालमा

२०७६ साल चैत्र ५ गते टाघनडुब्बा बिओपीको कमाण्डको नेतृत्व गर्न आइपुगेका सशस्त्र प्रहरी निरिक्षक प्रधान आएको केही दिनमै कोरोना भाइरसका कारण झापा गाउँपालिकामा लकडाउन हुन पुग्यो।लकडाउनलाई कार्यान्वयन गराउने क्रममा झापा-४ सुकुम्बासीबस्ती को नेपाल भारत सिमा क्षेत्रमा तनाव समेत भयो।भारतीय नागरिकको आवतजावत रोक्ने क्रममा विवाद हुँदा भारतीय नागरिक र शसस्त्र प्रहरी बिच झडप पनि भयो।झडपमा सशस्त्र प्रहरीले दुइ राउण्ड हवाई फायर समेत गर्नु परेको थियो।

यता २०७७ भदौमा गोरु काटेको निहुँमा मुस्लिम समुदाय र सशस्त्र प्रहरी बिच झडप हुँदा मुस्लिम समुदायका एक व्याक्तीको शसस्त्रको गोली लागी मृत्यु समेत भएको थियो।

२९ महिना सम्म कार्यकाल समालेका प्रधानकै कार्यकालमा टाघनडुब्बा बिओपीले नयाँ भवन पाएको थियो।झापा-२ झापा बजारको भवनमा भाडामा बसेको बिओपीले झापा-१ को सितुमारीमा नयाँ भवन पाएको हो।तत्कालिन प्रदेश नं १ का मुख्यमन्त्री सेरधन राईले उक्त विओपीको विधिवत उद्घाटन गरेका थिए।

यता २०७८ सालमा देशकै सबै बिओपी मध्येबाट वर्षकै उत्कृष्ट विओपी टाघनडुब्बा विओपी बनेको थियो।

प्रकाशित मिति: २०२२-०८-१५ , समय : ०८:१८:२८ , २ वर्ष अगाडि