झापा एक्सप्रेस , ६०९६० पटक हेरिएको
शरणामती।कनकाई नगरपालिका-३ कनकाई टोलमा एम्बुुलेन्सको ठक्करबाट स्कुटरमा सवार झापा गाउँपालिका- ६ शरणामती निवासी २२ बर्षिय राजेश कार्कीको मृत्युुभएको छ ।
गत साउन ४ गते बुुधवारका दिन कनकाई -३ कनकाई टोलमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १—०१—०१५ प —२१४८ नम्बरको स्कुटीलाई पश्चिमबाट पुुर्वतर्फ जादै गरेको मे १ च १६५४ नम्बरको एम्बुुलेन्सले ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सवार कार्की दम्पत्ती सामान्य घाइते बनेका थिए ।घाईते मध्ये श्रीमतीचाहि भोलीपल्टै डिस्चार्ज भएको तर उपचारका क्रममा रहेका राजेश कार्कीको दुर्घटना भएको १२ दिनपछि उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा आज विहान ६ बजे निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
हाल एम्बुुलेन्स चालक र एम्बुुलेन्सलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने स्कुटरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गमा राखिएको छ ।
मृतक राजेश कार्की बिबाह बन्धनमा बाधिएको एक महिना समेत भएको थिएन।नवदुलही संग स्कुटरमा सुरुङ्गाबाट घर फर्केका राजेश दम्पतीलाई एम्बुलेन्सले ठक्कर दियो।ठक्करबाट पछाडी बसेकी श्रीमती सँगै राजेश समेत लडे।उनकी श्रीमतीको बाहिर देखी हेर्दा सामान्य देखिने टाउको र हातमा चोट लाग्यो भने राजेशको हात र कम्मरमा चोट लागेको प्रत्यक्षदर्सी बताउछन।घटना पछि स्थानीयले त्यही एम्बुलेन्समा हालेर राजेश दम्पतीलाई उपचारका लागी पठाएका थिए।बिर्तासिटी अस्पताल बिर्तामोडमा दम्पतीलाई उपचारका लागी भर्ना गरियो।राजेशकी श्रीमती भोली पल्टै डिस्चार्ज भइन।तर राजेश भने उपचारकै क्रममा रहे।
उपचारका क्रममा रहेका राजेशको दिनप्रतिदिन खुट्टा सुनिदै गइरहेको तर राजेश बोलिरहेका थिए।सुक्रबार उनलाई भेटेर आउने आफन्तले सुनाए म अब दुइ दिन पछि ठिक हुन्छु उनले भनेका थिए।हिजो शनिवार उनलाई साँझा अन्दाजी ६.३० बजे बिर्तासिटीले नोबेल रेफर गरेको आफन्त बताउछन।हिजो शनिबार बेलुका नोबेलमा भर्ना भएका राजेशको उपचारकै क्रममा मृत्यु भयो।
यस अकल्पनीय घट्नाले अहिले शरणामती सोकमा डुबेको छ।राजेशको अल्पायुमै भएको निधनले सबका आँखा रसाएका छन् ।
प्रकाशित मिति: २०२२-०७-३१ , समय : १३:५१:३९ , २ वर्ष अगाडि