झापा एक्सप्रेस , १९७१० पटक हेरिएको
झापा-दसै तिहार छठ जस्ता चाडपर्वलाई लक्षित गरेर भारतीय खुुल्ला सिमानामा भित्राइदै आएको पटाका झापामा असार महिनामै भित्रिन थालेपछि प्रहरीले यसमा निगरानी बढाएको छ ।
नेपाल भित्राउदा वरामद प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले शुुक्रवार नष्ट समेत गरेको छ ।
भारतबाट अवैध रुपमा लुकाइछिपाई नेपाल भित्राउदै गरेको करिब १ लाख ३५ हजार मुल्य बराबरको विभिन्न प्रकारका पटाका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरले तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरेको थियो।
बरामद गरिएको पटाकाहरूलाई शुुक्रवार विहान जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र पत्रकारको रोहवरमा चिया बगानमा नष्ट गरिएको बिओपी पृथ्वीनगरका इन्स्पेक्टर मानबहादुर कटुवालले जानकारी दिनुुभयो ।
प्रकाशित मिति: २०२२-०७-१६ , समय : १९:२६:०५ , २ वर्ष अगाडि