झापा गाउँपालिका- ३० युनिट भन्दा कम विजुली खपत गर्नेलाई नि:शुल्क जसका लागि ५० लाख

झापा एक्सप्रेस , २५१९६  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि ३० युनिट भन्दा कम विजुली खपत गर्नेको विद्युत महशुल तिर्दिने भएको छ।

उपाध्यक्ष अन्जुदेवी थपलियाले शुक्रबार बाह्रौ गाउँसभामा बजेट प्रस्तुत गर्दै झापा गाउँपालिकामा स्थायी रुपले बसोबास गरेका मासिक ३० युनिट भन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गका घर परिवारको विद्युत महशुल स्थानीय सरकारले बेहोर्ने व्यवस्था मिलाइएको बताइन् ।उनले यसका लागि ५० लाख विनियोजन गरेको जानकारी दिइन।यस्ता सुविधा प्राप्त गर्नका लागि घरधुरी कर अनिवार्य तिरेको हुनुपर्ने बताइएको छ।

गाउँपालिकाले सिँचाईमा समेत बढीमा ५०% विद्युत महशुल अनुदान प्रदान गर्न २० लाख बजेट बिनियोजन गरेको बताइन् ।

प्रकाशित मिति: २०२२-०६-२६ , समय : ०८:१२:५६ , ३ वर्ष अगाडि

error: Content is protected !!