झापा गाउँपालिका-वडामा के के परे झापा गौरवका आयोजना?

झापा एक्सप्रेस , ३७०६०  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९ र ८० का लागि कुल ५० करोड रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।झापा गाउँ सभाको बाह्रौ बैठकमा शुक्रबार उपाध्यक्ष अन्जुदेवी थपलियाले आगामी आर्थिक वर्षका लागि ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँको बजेट पेस गरेकी हुन् ।

बजेट प्रस्तुत गर्दै प्रत्येक वडाका लागि झापा गाउँपालिका स्तरीय तथा झापा गौरवका आयोजनामा वडा नम्वर १ का लागि अमरसिंह प्राविको पश्चिम सितुमारी जाने सडकको बिचमा पुल निर्माणका लागि १० लाख,सालमारा देखि रसुनगञ्जको पक्की पुल सम्म सडक तथा पुल निर्माणका लागि १० लाख र अमरपथ मुल्मीको घरदेखी वीरसिंह गाउँ हुँदै सितुमारी जाने बाटो कालोपत्रेका लागि ५० लाख विनियोजन गरिएको थपलियाले बताइन् ।

त्यस्तै वडा नम्बर २ मा कुवाडी बजारदेखी पश्चिम मलामी जाने बाटो निर्माणका लागि ५ लाख,विपन्न परिवारलाई आवास निर्माण १० लाख,इन्द्र खतिवडाका घरदेखी जुडो प्रावि सम्म सडक कालोपत्रे ५० लाख,पुरानो बाटो सन्थालको गाउँदेखी उत्तर ग्रामथान जाने सडक निर्माण ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थपलियाले बताइन् । वडा नम्बर ३ का लागि कामाटोली बजारदेखी खयरवारि जाने बाटो तथा फुलगाछीको खार्मेली चोक देखि पुर्व अमरपथ सम्म सडक कालोपत्रेका लागि ७० लाख विनियोजन गरिएको छ । वडा नम्बर ४ मा कामाटोली बजारदेखी खयरबारी सम्म सडक कालोपत्रे ५० लाख,ग्रहणलालको बाँधदेखि पूर्व मुस्लिम चोक जाने सडकमा पुल निर्माण ८ लाख ५० हजार,सुकुम्बासी टोलमा पुल निर्माण ८ लाख ५० हजार र सुकुम्बासी टोलमा राम मन्दिर निर्माण ३ लाख बजेट विनियोजन गरिएको छ ।वडा नम्बर ५ का लागि रामजानकी प्राविको दक्षिण होक्लाबारी अधुरो पिच निर्माण ६० लाख ,पन्थापाडा बजारमा ढलान ७ लाख र पुरानो शरणामती बजार ढलान ३ लाख बजेट विनियोजन गरिएको छ ।

वडा नम्बर ६ का लागि चंद्रबस्ती देखि शरणामती हेल्थपोस्ट हुँदै अमरपथ जोडने सडकका लागि ५० लाख ,शरणामती बजार ढलान ७ लाख ,शरणामती सामुदायीक भवन निर्माण ५ लाख,प्रणामी गुरुकुल भवन निर्माण ५ लाख ,६ नम्बर वडा कार्यालयमा सर्टर निर्माण ३ लाख बजेट विनियोजन गरिएको छ ।त्यस्तै वडा नम्बर ७ मा नगेन्द्र बोहोराको घर देखि उत्तर दयालधाम जाने सडक कालोपत्रे ५० लाख ,वडा कार्यालयको छतमा ट्रस्ट निर्माण ५ लाख ,मदरगाछ बजार ढलान तथा व्यबस्थापन ५ लाख दयालधाम मन्दिर निर्माण तथा व्यवस्थापन ५ लाख ,मदरगाछ बजार पश्चिम मलामी सडक निर्माणका लागि ५ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष थपलियाले बताइन ।

प्रकाशित मिति: २०२२-०६-२५ , समय : २०:२९:३१ , २ वर्ष अगाडि