झापा एक्सप्रेस , १४८०८ पटक हेरिएको
दोहा-कतार एयरवेजले आर्थिक बर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो ।
कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय १४.४ अर्ब अमेरिकी डलरबाट यो मुनाफा प्राप्त भएको हो ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा कम्पनीले कोभिडपूर्वको सन् २०१९–२०२० को राजस्व सङ्कलनभन्दा गत बर्ष उल्लेखनीय दुई प्रतिशत बढी राजस्व बुझाउन सफल भएको छ ।
“विश्वव्यापी एयरलाइन उद्योगमा अहिलेसम्मकै सबैभन्दा कठिन समयमा कमाएको मुनाफा एयरलाइन्सलको चतुर र सफल रणनीतिको सकारात्मक परिणामको श्रेय हो,” विज्ञप्तिमा भनिएको छ ।
कतार एयरवेजले भनेको छ, यसले ‘ग्राहकको आवश्यकता र बजारका अवसरहरूको विकासका साथसाथै दक्षता र यसका विश्वभर रहेका कर्मचारीहरूप्रति प्रतिबद्ध रहिरह्यो ।
“यो मुनाफा कतार एयरवेज ग्रुपका लागि मात्र नभई विश्वभर यस वित्तीय वर्षका लागि वित्तीय परिणाम प्रकाशित गर्ने अन्य सबै एयरलाइन्सहरूमाझ सकारात्मक रेकर्ड पनि हो,” एयरलाइनले भनेको छ ।(रासस÷एएफपी)
प्रकाशित मिति: २०२२-०६-१६ , समय : १८:२९:५९ , २ वर्ष अगाडि