नगरका शैक्षिक गतिविधि प्रति नागरिकको चासो, नगरमा बुझाए ध्यानाकर्षण पत्र

सि.एम शर्मा , ८५४६  पटक हेरिएको

कनकाई / झापाको कनकाई नगरपालिकाका नागरिक हरुले नगरका शैक्षिक गतिविधि प्रति चासो राख्दै नगरमा ध्यानाकर्षण पत्र बुझाएका छन ।

नगर भित्र रहेका सामुदायिक तथा निजि बिद्यालयहरुको शैक्षिक क्रियाकलाप अाम अभिभावकको हित बिपरित रहेको भन्दै यहाँका अभिभावकहरुको हस्ताक्षर सहित अभियान्ता कवि प्रसाईं लगायतले प्रतिनिधित्व गरि नगर शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएका छन ।

नगरका निजि बिद्यालयहरुले मनोमानी ढंगले विभिन्न पब्लिकेशनका पुस्तकहरु प्रयोग गर्ने , बिद्यार्थीको क्षमता भन्दा बढी पाठ्यसामग्रीहरु लाद्ने साथै भर्ना शुल्क लगायत मासिक शुल्कका बिषयमा नाजायज तरिकाले शुल्क लिने , अावाश्यकता भन्दा बढी पाठ्यपुस्तक लाद्ने , सालिन्दा पुस्तक परिवर्तन गरिदिने जस्ता अवान्छनिय गतिविधिहरु निजि बिद्यालयले गरिरहेको र उक्त गतिविधिका कारण अाम नगरवासि अभिभावक महानुभावहरुमा पर्न गएको अार्थिक भारले ढाड सेकिएको हुँदा अभिभावक बाध्य भएर सम्बन्धि निकायको ध्यानाकर्षण गरिएको पत्रमा उल्लेख छ ।

त्यसै गरि कनकाई नगर मातहतमा रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था समेत जर्जर भएको हुँदा र सम्बंधित नियामक निकाय कनकाई नगरपालिका शिक्षा शाखाले खासै चासो नदेखाएको हुँदा सम्बन्धि निकायलाई उल्लेखित विकृतिको विरुद्धमा नियमन गरि पिडित अभिभावक हरुलाई राहत दिलाई दिनसमेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यता कनकाई नगर शिक्षा अधिकृत हरि मिश्रले उक्त ध्यानाकर्षण पत्र बुझ्दै यस बिषयमा अनुगमन गरि अभिभावकको गुनासोलाई सम्बोधन गर्ने प्रयत्न गरिने प्रतिबद्धता जनाउदै निजि बिद्यालयहरुलाई शिक्षामा ब्यपार होइन सेवा दिनुपर्ने भएकोले ब्यपार नगरि सेवा गर्न समेत अनुरोध गरेका छन ।

प्रकाशित मिति: २०२२-०५-२४ , समय : १५:२६:०२ , २ वर्ष अगाडि