साहले गरे पदभार ग्रहण-साहको पहिलो निर्णय सिँचाईमा विद्युत विस्तार

झापा एक्सप्रेस , ९३२७  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका नवनिर्वाचित अध्यक्ष जयनारायण साहले पदभार ग्रहण गरेका छन् ।

सोमबार साहले आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले झापा गाउँपालिकामा ९५% जनता कृषिमा आश्रीत रहेकोले कृषि उत्पादनका लागी सिचाइँको व्यवस्थापन गरिनु पहिलो प्राथमिकता हुने बताए।

एक कार्यक्रमका विच साहले पदभार ग्रहर गर्दै विद्युत विस्तार सबन्धमा रहेको टिप्पणी तथा आदेशलाई निर्णयार्थ सदर गरेका छन् ।कृषिमा सिचाईंको समस्या सावधान गर्न प्रत्येक खेतखेतमा पोल व्यवस्थापन गरि कृषकलाई सिचाईंको भरपर्दो व्यवस्थापन गर्ने अबको आवश्यकता र प्राथमिकता भएकोले कार्यपालिका स्तरीय निर्णयका लागि निर्देशानार्थ पेश गर्दछु टिप्पणी तथा आदेशमा लेखिएको छ।

साहले झापा गाउँपालिका पुन: दोस्रो पटक पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित मिति: २०२२-०५-२३ , समय : १९:०८:४८ , २ वर्ष अगाडि