झापा एक्सप्रेस , ११२१५ पटक हेरिएको
काठमाडौँ-गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायत रहेका छन् । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।
बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।(रासस)
प्रकाशित मिति: २०२२-०५-२२ , समय : २०:००:०६ , २ वर्ष अगाडि