अर्जुनधाराको प्रमुखमा बलदेव र उपप्रमुखमा रंजिता विजयी

झापा एक्सप्रेस , ५७८८  पटक हेरिएको

बिर्तामोड । झापाको अर्जुनधाराको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ विजयी भएका छन् । गोम्देन १४ हजार ५५४ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रंजिता कार्कीलाई तामाङले फराकिलो मतान्तरले पराजित गरे । कार्कीले ९ हजार ७७६ मत प्राप्त गरिन् । गोम्देन वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष हुन् ।

उपप्रमुखमा एमालेकै खड्गमाया पराजुली विजयी भइन् । पराजुलीले १३ हजार १४१ मत प्राप्त गरिन् भने निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका जितेश योञ्जनले ६ हजार ६१७ मत प्राप्त गरे ।

अर्जुनधाराको ११ मध्ये ७ वटामा नेपाली कांग्रेस र ४ वटामा एमाले विजयी भएका छन् । वडा नम्बर १–६ र ९ को वडाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारहरु क्रमशः उपेन्द्र बस्नेत, नरेन्द्रकुमार श्रेष्ठ, सिताराम भट्टराई, अम्बरबहादुर कटुवाल, गिताराज खड्का, हरिसचन्द्र बास्तोला र भीष्म मिश्र विजयी भएका छन् ।

वडा नम्बर ७, ८, १० र ११ का वडाध्यक्षहरु नेकपा एमालेका क्रमशः गोविन्दप्रसाद खतिवडा, कुमारप्रसाद उप्रेती, भुपेन्द्र नेउपाने र खगेन्द्र इङनाम विजयी भएका छन् ।

प्रकाशित मिति: २०२२-०५-२१ , समय : २०:४८:०७ , १ वर्ष अगाडि