झापा एक्सप्रेस , १३५०९ पटक हेरिएको
भरतपुर महानगरपालिकाको जारी मतगणनामा रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् । उनले शनिबार साँझको अध्यावधिक विवरणअनुसार ६५४० मतले अग्रता बनाएकी छन् ।
कुल ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३३५३१ मतका साथ अग्रस्थानमा छन् ।
प्रकाशित मिति: २०२२-०५-२१ , समय : १८:३६:२२ , ३ वर्ष अगाडि