झापा गाउँपालिकामा १७ हजार ३३४ मत खस्यो,महेन्द्र र जनतामा मतदानकार्य जारी

झापा एक्सप्रेस , १२८९८  पटक हेरिएको

शरणामती।स्थानीय तह निर्वाचनको मतदान कार्यक्रममा झापा गाउँपालिकामा अहिले सम्ममा सत्र हजार तीन सय चौतिस मत खसेको छ।झापा गाउँपालिकामा रहेका २९ वटा मतदान केन्द्रबाट उक्त मतदान भएका हुन् ।

झापा गाउँपालिकामा कुल मतदाता संख्या २३,९४४ रहेको छ।कुल मतदाता संख्या मध्ये ७२.३९% मत खसेको निर्वाचन अधिकृतको कार्यालय झापा गाउँपालिकाले जनाएको छ।साँझ ५ बजे सम्म हुने मतदानमा बाहिर इन्ट्रीद्वार बन्द गरे पनि झापा-६ को जनता मावि र झापा -५ को महेन्द्र माविमा मतदानकार्य जारी रहेको छ।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : १८:०२:३३ , २ वर्ष अगाडि