Jhapa Express , ३६३८५ पटक हेरिएको
बिर्तामोड ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाको अध्यक्षमा युवराज डाँगी सर्वसम्मत चयन भएका छन् ।
प्रतिष्ठानको आज (बिहीवार) बिर्तामोडमा आयोजित दोस्रो सभाले डाँगीलाई सर्वसम्मत चयन गरेको हो । नव कार्य समितिको उपाध्यक्षमा याम खड्का, सचिवमा मदन उप्रेती, सह–सचिवमा गणेश कालिकोटे र कोषाध्यक्षमा प्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कार्य समिति सदस्यमा देवेन्द्र उप्रेती, रामजी कार्की, इन्दिरा कार्की, शर्मिला खाती, सुशिला पाण्डे, सपना डाँगी, योगेन्द्र चापागाँई, कुबेर श्रेष्ठ (अरुण) र राजु पाठक सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सल्लाहकार समितिको संयोजकमा ज्योतिसिंह दर्लामी, सदस्यमा झलकसिंह दर्लामी, दुर्गाप्रसाद चापागाई, मोहन टुडु, मणिकुमार साम्पाङ (बिजय), हरिकुमार राना, शेरबहादुर थापा, मदनगोपाल सुब्बा, दिपिन राई र कानुनी सल्लाहकारमा यदुनाथ दाहाल र प्रेस सल्लाहकारमा उद्धव पुरी चयन भएका छन् ।
यसैगरी शिक्षालय उप–समितिको संयोजकमा युवराज डाँगी, सदस्य सचिव प्राचार्य रहने छन् भने सदस्यमा जेबी जबेगु, टिएन वाग्ले, बसन्त इङनाम, भीम लकान्द्री, छवि गहतराज, मदन खड्का, मदन उप्रेती, शिवराज भण्डारी रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश भौतिक तथा योजना मन्त्री दुर्गाप्रसाद चापागाँईको प्रमुख आतिथ्य तथा कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) को बिशिष्ठ आतिथ्य रहेको थियो । अध्यक्ष ज्योतिसिंह दर्लामीले प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य टिएन वाग्लेले स्वागत गरेका थिए भने सञ्चालन प्रतिष्ठानका सदस्य मदन उप्रेतीले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दर्लामीले प्रस्तुत गरेको प्रतिवेदनमा पूर्व प्राचार्य तथा सचिवले संस्थापक अध्यक्षलाई गलत मार्गदर्शन गरिनु, प्रशासन र प्राचार्य एउटै ब्यसक्तिमा केन्द्रित हुँदा ब्यवस्थापनमा कठिनाई भोग्नु परेको, ब्यवस्थापकीय प्रणाली र कमाण्डमा कन्ट्रोलमा कमजोरी, सीटिइभिटी को नियम अनुसार भर्ना गर्न नसक्नु, शिक्षा मन्त्रालउयको सिफारिस नहुँदा रोकिनु, कोभीड महामारीका कारण अलपत्र पर्नुलगायतका समस्या भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि चापागाँई, बिशिष्ठ अतिथि सन्देश, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, प्रतिष्ठानका सल्लाहकार हरिकुमार राना, मदनगोपाल सुब्वा, गौरीशंकर स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुडाल (राजु), नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठक, कानुनी सल्लाहकार यदुनन्द दाहाल, कृष्ण प्रणामी मन्दिरका सदस्य सचिव लक्ष्मीप्रसाद मैनालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नव निर्वाचित अध्यक्ष डाँगीले प्रतिष्ठानलाई सवैको सल्लाह सुझावकै आधारमा अगाडी बढाउँदै लाने प्रतिवद्धतासमेत ब्यक्त गरेका छन् ।
प्रकाशित मिति: २०२५-०१-०२ , समय : १५:२६:४७ , २ हप्ता अगाडि