शरणामतीमा आयोजित चौथो अध्यक्ष कपको उपाधी संखुवासभालाई

झापा एक्सप्रेस , १०५८१९  पटक हेरिएको

शरणामती – चौथो अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय रात्रीकालिन भलिवल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ ।

झापाको झापा गाउँपालिका–६ शरणामतीमा हिजो शनिबार भएको फाइनल प्रतियोगिता जित्दै संखुवासभाले नगद एक लाख ६५ हजार रुपैयाँसँगै ट्रफी हात पारेको छ। उपविजयी भएको आयोजक झापा (निलो) ले नगद एक लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ।संखुवासभाले आयोजकलाई ३-२ को सेटमा जित निकाल्दै उपाधी हात पारेको हो ।२५-१७ र २५ -१५ अंक ल्याएर लगातार दुई सेट जितेको झापालाई रोक्दै २८-२६,२५-१४ र १६-१४ को सेटमा संखुवासभाले उपाधी चुमेको हो।

खेलमा म्यान अफ द म्याच संखुवासभाका बिवस लिम्बु घोषीत भए।उनले नगद ५ हजार प्राप्त गरे।त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी संखुवासभाका रविन गौतम घोषित भए ।उनले नगद ११ हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा वेस्ट लिफ्टर झापाका मुस्कान लिम्बू,वेस्ट ब्लकर पुकार तामाङ,उदयीमान खेलाडी अमित ठकुरी,बेस्ट स्पाइकर भरत यादव घोषित भए।उनीहरुले जनही ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।त्यस्तै बेस्ट डिफेन्स र बेस्ट सर्विसमा संखुवासभाका सन्तोष राई र दमन उदास घोषित भए उनीहरुले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।

आयोजक समितिका संयोजक रोहित सिवाकोटीको अध्यक्षतामा भएको समापन कार्यक्रममा झापा गाउँपालिकाका कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा कार्हवाहक अध्यक्ष थपलिया,वडाध्यक्षहरु नविनकिशोर थापा,सखिचन्द्र ठाकुर,समाजसेवीहरु जयनारायण साह,सहरमान कटुवाल लगायतले पुरस्कार वितरण गरेका थिए।

अनोज ताम्लीले संचालन गरेको कार्यक्रमको स्वागत आयोजक समितिका सह सचिव रबिन सिवाकोटीले गरेका थिए।

झापा (निलो)

प्रकाशित मिति: २०२४-०५-२० , समय : ०८:०७:३२ , ९ महिना अगाडि

error: Content is protected !!