झापा गाउँपालिकाबाट भारतीय नागरिक ४८ ग्राम ब्राउन सुगरसहित पक्राउ

झापा एक्सप्रेस , १०८९९७  पटक हेरिएको

झापा-झापा गाउँपालिका–१ स्थित सितुमारीबाट ४८.५५० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले भारत किशनगज धनतोला ग्रामपञ्चायत बालुवाडी बस्ने २३ बर्षीय राहुल मण्डललाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको कमाण्डमा खटिएको मोवाईल गस्ती टोलीले भारतीय नम्बरको मोटरसाइकलमा सवार मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकमा लुकाएर ल्याउँदै गरेको सो परिमाणको ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सूचना अधिकारी डीएसपी दिनेश कटुवालले जानकारी दिए ।

शुक्रबार १:०० बजे बीआर ३७ एन ५८११ नम्बरको मोटरसाइकलमा सवार मण्डलको साथबाट मोबाइल १ थान, भारतीय रुपैँया दुई हजार एक सयसमेत बरामद भएको डीएसपी कटुवालले जानकारी दिए । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले झापामा लागूऔषध विरुद्ध अभियान नै चलाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका गणपती सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले बताए ।

प्रकाशित मिति: २०२४-०४-०५ , समय : २१:२९:१६ , १ महिना अगाडि