झापा एक्सप्रेस , ४८५५६ पटक हेरिएको
झापा । झापाको दमकमा तास खेलिरहेका ११ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली विशेष सूचनाको आधारमा बिहीबार साँझ साढे ६ बजेको समयमा दमक नगरपालिका- ७ हाटखोलास्थित कर्णबहादुर राईको घरमा छापा मारेका थिए ।
राईको घरमा पैसाको बाजी थापेर जुवाजन्य खेल तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पक्राउ पर्नेहरू घरधनी राईसहित झापा दमक- ७ बस्ने ४८ वर्षीय रत्नबहादुर विश्वकर्मा, सुनसरी बराहक्षेत्र-५ बस्ने ४५ वर्षीय सुरेशकुमार विष्ट, सोही ठाउँका ४० वर्षीय उत्तम मगर, धरान- १३ बस्ने ४१ वर्षीय रबीकुमार राई, धरान- १४ बस्ने ४७ वर्षीय कृष्णप्रसाद पाठक, धरान- १६ बस्ने ४० वर्षीय प्रदीप गिरी, धरान- १८ बस्ने ३४ वर्षीय किशन घिमिरे, धरानका ३० वर्षीय करणबहादुर मगर मोरङ विराटनगर- १ बस्ने ५५ वर्षीय हरि पाण्डे, इटहरी- १८ बस्ने २९ वर्षीय नरेश चौधरी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ३ लाख ५३ हजार ६०० नगद , तीन बुङको १६५ पत्ता तास बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने डीएसपी रिजालको भनाई छ ।
प्रकाशित मिति: २०२३-११-२४ , समय : ११:४७:१५ , १ वर्ष अगाडि