झापा एक्सप्रेस , ३२९०९ पटक हेरिएको

शरणामती ।झापाको झापा गाउँपालिका-३ मा रहेको मुस्लिम गर्ल्स मदरसा कत्लामारीमा तीन दिने शैक्षिक प्रशिक्षण तालिम सम्पन्न भएको छ।
मदरसाका व्यवस्थापन समिति अध्यक्ष कमल मियाँको अध्यक्षता र झापा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुबासलाल गणेशको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो।मुस्लिम गर्ल्स मदरसाको आयोजनामा शनिबार देखी सुरु भएको तालिमको सोमबार समापन भएको छ।
प्रशिक्षार्थीका तर्फबाट बोल्दै जालिम मियाँले यस्ता तालिम बर्षमा दुइपटक सम्म आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले तालिम प्रभावकारी बनेको बताउंदै मदरसालाई राज्यले र स्थानीय तहले समेत हेर्न आग्रह गर्नुभयो ।मुठ्ठीदानले चलेका मदरसा मुस्किलले व्यवस्थापन भएको बताउदै सरकारले समेत सहयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गणेशले मुस्लिम गर्ल्स मदरसालाई आफ्नो वडाबाट जतीसकेको बजेट निकासा गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
शिक्षक अवदुल वासिदले संचालन गरेको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
तालिममा झापा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले माइन्युट लेखन/निवेदन र उत्प्रेरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै तालिममा मास्टर नजामुदिन अन्सारी साहेबले शिक्षकको गुण तथा कर्तव्य/शैक्षिक सामग्री तथा विधीहरुको बारे प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षक डा.खुर्सिद आलमले कक्षा व्यवस्थापन र पाठ्य योजनाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।त्यस्तै प्रशिक्षक मौलाना मुबशशीर नदवो उमरीले कुरानको अभ्यास ,पढने पढाउने विधीको बारे प्रशिक्षण दिनु भएको थियो ।त्यस्तै मौलाना खालिद सैफुल्लाह इस्लारीले शिक्षामा विद्यार्थी तथा शिक्षकको समस्या बारे प्रशिक्षण दिनु भएको थियो ।यस तीन दिने तालिममा झापा गाउँपालिकाका १८ वटै मदरसाका कुल ४० शिक्षकहरुको सहभागीता रहको थियो ।
प्रकाशित मिति: २०२३-१०-०९ , समय : १९:०७:५१ , १ वर्ष अगाडि