मार्भलस इम्प्लोइमेन्टका सञ्चालक राईले आत्महत्या गरेको मलेसियन प्रहरीको पुष्टि

झापा एक्सप्रेस , १३३७५४  पटक हेरिएको

मलेसियामा गत शुक्रबार हाेस्टेलकाे शैचालयमा मृत भेटिएका मार्भलस इम्प्लोइमेन्ट नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर (प्रमुख) रिन्जी राईको चिकित्सकको पोष्टमार्टम रिपोर्ट र प्रहरी प्रतिवेदन सोमबार मलेसियन प्रहरीले नेपाली दूतावास मलेसियालाई बुझाएको छ।

उक्त प्रहरी रिपोर्टमा मलेसियाको निलाईमा मृत भेटिएका राईले झुण्डिएर आत्महत्या गरेको जानकारी गराइएको नेपाली राजदूतावासका डिसीएम मोतिबहादुर श्रीषले बताएका छन्।

श्रीषले मलेसियन प्रहरीले मृतक राईको शव नेपाल लैजानको लागि स्विकृति दिएको र उनीहरूको परिवारसँग छलफल गरि स्विकृति लिएर जतिसक्दो छिटो नेपाल पठाइने जानकारी दिए।

मलेसियन प्रहरीले नेपाली दूतावास मलेसियालाई प्रतिवेदन बुझाएको मलेसियाका लागि नेपाली राजदूतले जानकारी गराउँदै उनको शव नेपाल पठाउने तयारी गरेकाे छ।

दूतावासले अत्यन्त दुःखद् घटना घटेकाले नेपाली समुदायलाई संयम हुन आग्रह गरेकाे छ। प्रहरीको प्रारम्भिक प्रतिवेदन र चिकित्सकको पोष्टमार्टम रिपोर्ट आएपछि राईले झुन्डिएर नै आत्महत्या गरेको प्रमाणित भएको दूतावास स्रोतले बताएको छ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : ०६:२३:४६ , ३ वर्ष अगाडि

error: Content is protected !!