श्री कृष्ण प्रणामी सतसंग सेवा परिषद प्रणामी टोलको पाँचौ साधारण सभा सम्पन्न

झापा एक्सप्रेस , १८७७२  पटक हेरिएको

शरणामती –झापा गाउँपालिका-६ मा रहेको श्री कृष्ण प्रणामी सतसंग सेवा परिषद(गुरुकुल) दयालधाम शाखा प्रणामी टोलको पाँचौ साधारण सभा सम्पन्न भएको छ।

शनिबार गुरुकुलको नवनिर्मित भवनमा सम्पन्न साधारण सभामा अध्यक्ष चन्द्र प्रसाद खरेलले वार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए .झापा-६ का वडाध्यक्ष हरीवहादुर बानीयाँको प्रमुख आतिथ्यतामा भएको सभामा खरेलले प्रतिवेदन प्रस्तुत गर्दै गुरुकुलको उत्थानमा सम्पूर्ण व्याक्तीत्वले गरेको सहयोगको मुक्तकण्ठले प्रसंसा गरेका थिए .सभामा परिषदको भवन निर्माणमा एक कठ्ठा जग्गादान दिने डोमनाथ तिमल्सिना त्यस्तै भवनको माथ्लो तला निर्माणमा नगद ५ लाख बढी दान दिएर सहयोग गर्ने पुण्यप्रसाद सिवाकोटी लगायतको चर्चा गरिएको थियो ।

सभामा आर्थिक वर्ष २०७७/४/०१ देखी २०७८/१०/२९ सम्मको आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो .लेखा समितिले प्रस्तुत गरेको विवरणमा कुल आम्दानी १५ लाख २५ हजार ३१४ रहेको छ भने व्यय विवरण समेत सोही रकम रहेको छ ।

कार्यक्रममा तिन जनालाई सम्मान समेत गरिएको छ .हरी प्रसाद निरौला,प्रदिप तिमल्सिना,चन्दा थपलियालाई सम्मान गरिएको हो।

समितिका सह-सचीव देबि प्रसाद निरौलाले संचालन गरेको सभामा उपाध्यक्ष बालीका थपलियाले स्वागत मन्त्यव्य राखेकी थिइन.त्यस्तै कार्यक्रममा भविन्द्र भण्डारी,महेन्द्र प्रसाई पं. मोहन सरण ओली,टहलदास ओली लगायतले शुभकामना मन्त्यव्य राखेका थिए।

प्रकाशित मिति: २०२२-०३-२० , समय : २०:४३:०६ , २ वर्ष अगाडि