फक्तालुङका बालबालिकाले गरे सरसफाइका साथै डस्टबिन वितरण

झापा एक्सप्रेस , ६६२२  पटक हेरिएको

कनकाई-झापाको कनकाइ नगरपालिका-७ मा रहेको फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयमा रहेको बिधालय स्तरीय बाल क्लब फक्तालुङ बाल क्लबले शुक्रवारका दिन सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

फक्तालुङ बाल क्लबले दुर्गापुर , कालिमुडा , प्रजापती , चम्पापुर , मन्सापुर आदि ठाउँमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम गरेको थियो ।स्वास्थ्य सबै भन्दा ठुलो धन हो भन्ने मुल नाराका साथ सरसफाइ कार्यक्रम आयोजना गरिएको हो । उक्त सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रममा फक्तालुङ स्काउट ट्रपले र बिधालयमा रहेको अङ्ग्रेजी बाताबरण समुदायले सहयोग गरेको थियोे ।

कार्यक्रममा विभिन्न राजनीतिक ब्यक्तित्व , बुद्धिजिबी , दुर्गापुर प्रहरी बिटका प्रमुख , स्थानीय समाजसेवि , फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयका प्रधानध्यापक , सहायक प्रधानध्यापक, फक्तालुङ बालकल्बका पदाधिकारी , फक्तालुङ स्काउटका सदस्य , विभिन्न टोलका टोल संयोजक आदिको उपस्थिती रहेको थियो ।
एउटा संस्थाको हितको लागि मात्र नभइ सम्पुर्ण मानिसहरुसँग जोडिएका सार्वजनिक स्थलहरुको सरसफाइमा सबै निकायले ध्यान दिइनुपर्छ भनेर बाल क्लबका सदस्य रिजन तिम्सिनाले बताउनु भयो ।

उक्त सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रमको औपचारिक कार्यक्रम संचालन सुबास पौडेलले गर्नु भएको थियो भने सभाध्यक्षता फक्तालुङ बाल कल्बका उपाध्यक्ष हिमाल मिश्रले गर्नुभएको थियो ।

डस्टबिन हस्तान्तरण फक्तालुङ स्काउटका मास्टर सुमित लिम्बूले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : ०८:५२:२६ , २ वर्ष अगाडि