झापा एक्सप्रेस , १६९५७ पटक हेरिएको

युवराज रेग्मी
झापा-झापाको गौरादह नगरपालिकाको सामुदायिक क्याम्पस गौरादह बहुमुखी क्याम्पसमा तीन बिद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छ्न ।
नजिकिदै गएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै निर्बाचन आचारसंहिता उल्लंघन गरेर क्याम्पस प्रशासनले फर्जि विद्यार्थीहरु भर्ना गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले क्याम्पस प्रसाशनमा आज सुक्रबार तालाबन्दी गरेका हुन ।
नेपाल विद्यार्थी संघ ,रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारी गौरादह बहुमुखी क्याम्पस एकाई समितिद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको उल्लेख छ । क्याम्पस प्रसाशनद्वारा स्व. बि. यु. निर्बाचनका लागि प्रकासित विद्यार्थीहरुको नामावली उपर तीन विद्यार्थी संगठनहरुले गत फागुन २२ गते एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन द्वारा प्रकासित नामवली उपर दाबी गर्दै नामावली संसोधनका लागि माग गरेका थिए ।
तीन विद्यार्थी संगठनहरुको संयुक्त दाबी रहदा उक्त दाबी बिरोध उपर क्याम्पस प्रसासनले कुनै सुनुवाइ नगरि दाबी परेका विद्यार्थीहरुको नामावली नहटाइ पुन: नामावली प्रकासन गरिएको उल्लेख छ ।विद्यार्थी संगठनहरुले आफुहरुको माग सम्बोधन नगरि बेवास्ता गरिए आफुहरु संयुक्त रुपमा ससक्त आन्दोलनमा जाने उल्लेख गर्दै अनिस्चितकालका लागी क्याम्पसमा तालाबन्दी गरेका छ्न ।साथै माग सम्बोधन नभए सम्म आफुहरु निर्वाचनको कुनैपनी प्रकृयामा सहभागी नहुने तीन विद्यार्थी संगठनहरुद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: २०२३-०३-१० , समय : १८:३९:०२ , २ वर्ष अगाडि