गौरादहमा खानेपानी चुनाब ,स्वतन्त्र युवा समुहद्वारा प्रतिबद्धता सार्वजनिक

झापा एक्सप्रेस , ४००७४  पटक हेरिएको

युवराज रेग्मी
गौरादह-झापाको गौरादह स्थित गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको यहि फागुन ९ गते तय भएको नयाँ कार्यसमिति चयनको चुनाबी कार्यक्रमका निम्ति उम्मेदवारहरु आ- आफ्ना प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छ्न ।

हरेक सस्थाको नेतृत्व चयनमा गौरादहमा आफ्नो राजनीतिक प्रतिस्ठा मानेर बिगत देखिनै प्रतिस्पर्धामा होमिने परिपार्टीले यसपटकको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयन कार्यमा पनि निरन्तरता पाएको छ ।

पद लाई प्रतिस्ठाको बिषय बनाउदै यसपटकको नेतृत्व चयनमा २ वटा प्यानलहरु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयनको चुनाबी मैदानमा उत्रिएका छ्न ।एमाले र कांग्रेसको नेतृत्व रहेको आफुहरुलाई साझा समूह बताउने उम्मेदवारहरुले नगेन्द्र कार्की (नरेश)लाई अध्यक्ष पदको प्रत्यासीको रुपमा अगाडी सारेका छ्न । त्यसैगरी आफुहरुलाइ परिवर्तनका लागि स्वतन्त्र युवा अभियान समूह नाम दिइएको अर्को एक समुहको तर्फबाट अध्यक्ष पदको प्रत्यासीको रुपमा कृष्ण प्रसाद बाँस्कोटा रहेका छन्।

नगेन्द्र कार्की (नरेश) सस्थाका निवर्तमान उपाध्यक्ष हुन् भने कृष्ण बाँस्कोटाले सस्थामा एक कार्यकाल लेखा समिति सदस्यको रुपमा काम गरिसकेका छन्।चुनाबी दौरानकै समयमा स्वतन्त्र युवा समुहले आज सुक्रबार गौरादह डिपु चौक स्थित माछापुछ्रे होटेलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि आफ्ना २० बुधे योजना सहितको सामुहिक प्रतिबद्धता सार्बजनिक गरेको छ । पत्रकार बिचमा गरिएको साक्षत्कार कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी कृष्ण प्रसाद बास्कोटाले आफ्नो समुहको तर्फबाट चुनाबी प्रतिबद्धता हरु प्रस्तुत गरेका थिए ।स्वच्छ र शुद्ध खानेपानी उपभोक्ता लाई २४ सै घन्टा उपलब्ध गराउने कार्यको निरन्तरताका साथै शुल्क घटाउने सम्मका कार्यहरु गर्ने उक्त समुहको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

बिपन्न बर्गलाइ नि:सुल्क खानेपानी मिटर जडान गरि सहुलियत दरमा खानेपानी प्रदान गरिने , उपभोक्ताहरु लाई नि:सुल्क ग्राहक पहिचान बिबरण भराउने , पाइपको छ्यमता बिस्तारगर्ने , सार्बजनिक सस्थाहरुमा नि:सुल्क खानेपानीको उपलब्धता पुर्याउने , मुख्य चोकहरुमा फायर पाइप चेन स्थापना गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।त्यसैगरी खानेपानी सरसफाई उपभोक्ता समिति अन्तरगत रहेका टोल समिति हरुलाइ वार्षिक रुपमा सरसफाइ तथा छ्यमता बिकास सम्बन्धि तालिम प्रदान गरिने , हरेक बर्ष प्रत्येक टोल समिति बाट प्लम्बर उत्पादन गरि स्वरोजगार बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ । सस्थामा कर्मचारी नियुक्ति गर्दा राजनैतिक भागबन्डा गरिने कार्यको अन्त्य गर्दै दक्ष र अनुभबी लाई नियुक्ती गरिने , मोबायल एप निर्माण गरि सुचना सम्प्रेषण कार्य सञ्चालनमा ल्याउने तथा समय सापेक्ष गुणस्तरीय सेवा प्रबाहमा जोड दिदै कर्मचारीको क्षमता बिकास का निमित्त तालिम सन्चालन गर्ने सम्मका २० बुधे सामुहिक प्रतिबद्धता हरु उक्त समुहले सार्बजनिक गरेको छ ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : २०:१७:४१ , २ वर्ष अगाडि