झापा एक्सप्रेस , ५११४४ पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिकाको तेह्रौं गाउँसभा सम्पन्न भएको छ।
गाउँसभामा सभाध्यक्ष जयनारायण साहले तेह्रौं गाउँसभाको पहिलो बैठकबाट गरेका प्रस्ताव उपर सदस्यहरुले छलफल गरेका थिए ।सदस्यहरु सँगको छलफलमा झापा गाउँपालिकाको विनियोजन ऐन २०७९ मा पहिलो पटक संसोधन गर्न बनेको विनियोजन विधेयक सर्वसम्मत पास भएको छ।
गत असार १० गते बाह्रौ गाउँसभाले ल्याएको ५० करोड ८१ लाख ५३ हजार ५ सयको बजेटमा हाल सम्म चालुतर्फ ३६.७६% तथा पुँजीगत तर्फ २६.१८% खर्च भएको साहले जानकारी दिनु भएको छ।
शिक्षा तर्फ जनता माध्यमिक विद्यालयलाई नमुना क्याम्पसका रुपमा संचालनका लागि प्रक्रिया समेत अघि बढेको उल्लेख गर्दै सबै विद्यालयमा इन्टरनेट सेवा विस्तार,कम्प्युटर सुविधा सहित प्रविधीमैत्री शिक्षण क्रियाकलाप संचालन गरिएको साहले बताउनु भयो।उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हाल सम्म ५० जनालाई रोजगार दिएको बताउनु भयो.त्यस्तै जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा तर्फ,व्याक्तीगत घटना दर्ता तर्फ,पूर्वाधार विकास तर्फ,लघुउद्दम विकास कार्यक्रम तर्फ,कृषि तथा पशु विकास तर्फ,स्वास्थ तर्फ,सस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ र ऐन नियम तथा कानु तर्जुमा तर्फ उल्लेखनीय विकास गरेको साहले बताउनु भयो।
प्रकाशित मिति: २०२३-०२-१६ , समय : ०८:०४:५८ , २ वर्ष अगाडि