सांसद एल. पि. साँवाद्वारा ११ बालबालिकाको अभिभावकत्व ग्रहण

झापा एक्सप्रेस , १५७३५  पटक हेरिएको

शरणामती। प्रतिनिधि सभा सदस्य एल.पि. साँवा लिम्बुले सामाजिक क्षेत्रमा थप सकृयता बढाएका छन्।

दोस्रो कार्यकालका लागि झापा क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद साँवाले विद्यार्थी भर्ना अभियान अन्तर्गत कमजोर आर्थिक अवस्थाका बालबालिकाकाे अध्ययनका लागि विद्यालय पोशाक, शैक्षिक सामग्री समेतको जिम्मा लिँदै विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।सांसद साँवाले कमजोर आर्थिक अवस्थामा रहेका अभिभावकका ११ बालबालिकाको विद्यालय पोशाक, शैक्षिक सामग्रीको जिम्मा लिएर उनीहरुलाई विद्यालयमा अध्ययन गर्ने स्थीतीको सृजना गरेका हुन्।

सांसद साँवाले झापामा डिल्लीराज माविका ५ जना सुस्मिता माझी , गौरव माझी ,तापश उराउ,आनन्द माझी र प्रदीप माझीको जिम्मेवारी लिएका छन् भने त्रिभुवन आधारभुत विद्यालयका ६ जना ओमन कुमार कोच,दिपेश कोच ,प्रिन्सका कहाँर ,जैचन माझी,निकिता कोच र सरिता हाँस्दाको शैक्षिक खर्चको जिम्मेवारी बहन गरेका छन् ।

उनले आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिकाले विद्यालयमा भर्ना हुन नपाउनु अत्यन्त दु:खत भएको बताउँदै आफूले विद्यालय तहको पढाईमा लाग्ने सम्पूर्ण खर्च ब्यहोरेर भएपनि बालबालिकाको पढ्न पाउनुपर्ने अधिकारलाई सम्बोधन गरेको बताए ।

सामुदायिक विद्यार्थीका लागि पाठ्यपुस्तक सरकारले उपलब्ध गराउने र शुल्क समेत नलाग्ने भएपनि अध्ययनका क्रममा चाहिने अन्य शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक समेतको अभाव महसुस गर्नु नपरोस् भनेर सांसद साँवाले विद्यालय तहको पठनपाठन पूरा हुञ्जेल आवश्यक पर्ने सम्पूर्ण खर्च आफ्नो तर्फबाट उपलब्ध गराउने बताएका छन्।

प्रकाशित मिति: २०२३-०१-२३ , समय : १९:१७:४८ , १ वर्ष अगाडि