दमकमा चोरको बिगबिगी, टोलवासी जुटे गस्तीमा

सुदिप अधिकारी , ११६५५  पटक हेरिएको

झापा-झापा दमक ९ पूर्बेली टोलका बोधराज सञ्जेलको केहि महिनाअघि मोटरसाईकल हरायो । घरमै पार्किङ गरिराखेको मोटरसाईकल हराएपछि उनले ईलाका प्रहरी कार्यालय दमकमा खोजी गरिदिन निबेदन दर्ता गराए । तर दमक प्रहरीले अहिलेसम्मपनि चोरको सुईको पाउँन सकेको छैन । सोही ठाँउमा बस्ने राजेन्द्र कोईरालाको सिटि सफारीपनि केहि दिन अघि चोरी भयो । कोईरालाले पनि खोजी गरिदिन प्रहरीमा निबेदन दिए । प्रहरीले गर्दैछौं र खोज्दैछौं भनेर उनलाई भूल्याईरह्यो । तर, स्थानीयवासीकै सक्रियतामा उनको सिटि सफारी दुई दिन पछि दमक बहुमुखी क्याम्पस छेउमा बेवारिसे अवस्थामा छाडिएको भेटियो । सोही ठाउँका गणेश फुँयालको घरबाट सुक्रबार बिहान करिब ५ तोला सुनका गरगहना चोरी भए । फुँयललेपनि दमक प्रहरीमा खोजी गरिदिन निबेदन दिएका छन् । तर उनीपनि प्रहरीले खोजी गर्ला भन्नेमा खासै बिश्वस्त छैनन् । यि त भए दमक ९ पूर्बेली टोलमा भएका केहि प्रतिनिधीमुलक चोरीका घटनाहरु । अन्य सामान्य चोरीका घटनाहरु यहा दिनैपिच्छे हुने गरेको छ । पटक पटक प्रहरी प्रशासनलाई गुहार्दापनि प्रहरीले गस्तीसम्म नगरेपछि टोलवासी तनाबमा परेकाछन् ।

आफ्नो टोलको सुरक्षा अब आफै गर्ने भन्दै सनिबार बिहान टोलबासीहरु भेला भएर टोल अनुगमन समितिनै गठन गरेका छन् । टोलमा श्रृंखलाबद्ध चोरीका घटना हुन थालेपछि नियन्त्रणका लागि टोलबासी जागरुक भएर अनुगमन समिति गठन गरिएको र सो समितिलाई टोलवासीहरुलाई समेटेर गस्ती खटाउने अधिकार प्रत्यायोजन गरिएको पूर्बेली टोल बिकास संस्थाका अध्यक्ष उमानाथ न्यौपानेले बताए । उनले भने, “पटक पटक प्रहरी प्रशासनसँग हार गुहार गरियो तर कुनै सहयोग नपाएपछि टोलबासीहरुको भेलाले आज चोरी नियन्त्रणका लागि टोल अनुगमन समिति गठन गरिएको हो । ” गठित समितीले टोलबासीहरुको टोली बनाएर नियमित गस्ती खटाउने अधिकार पाएको अध्यक्ष न्यौपानेले बताए ।

प्रहरी प्रशासनको बेवास्थाका कारण आफुहरु समस्यामा परेको भन्दै उनीहरुले आजै रातिबाट नियमित रुपमा गस्ति समेत गर्ने भएका छन् । यस्तै राति १० बजेदेखी बिहान ३ बजेसम्म अति आवस्यक काम बाहेक बिना कारण हिडडुल गर्नेलाई अनुगमन समितिले सोधपुछ गर्ने र कुनै संका लागेमा प्रहरीको जिम्मा लगाउने भएको छ । यस्तै सोही टोलकै बासिन्दा भएपनि राति १० बजेपछि कतै जानुपरेमा टोल अनुमगन समितिबाट खटिएको टोलीलाई अनिवार्य जानकारी गराउनुपर्ने अनुगमन टोलीका संयोजक निर्मल अधिकारीले जानकारी दिए । गठित अनुमगन समितिको संयोजकमा निर्मल अधिकारी, सहसंयोजकमा दिपेन्द्र बुढाथोकी, सदस्यहरुमा सुदिप अधिकारी, सन्तोस बोहोरा, प्रेम दाहाल, अनन्त कटुवाल, दामोदर शिंखडा, मुकेश शाह र केशब ठकुरी रहेका छन् । सो टोलमा दिनैपिच्छे जस्तो चोरीका घटनाहरु भईरहेका छन् ।

प्रकाशित मिति: २०२२-१२-२४ , समय : २०:३३:१५ , १ वर्ष अगाडि