सिमलडाँगीबाट भन्सार छलि ल्याएको औषधि बरामद

झापा एक्सप्रेस , २४३१६  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका-५ स्थित सिमलडाँगीबाट भन्सार छली अवैध तरिकाले ल्याउदै गरेको औषधि प्रहरीले बरामद गरेको छ।

बिहिबार अन्दाजी बेलुकी १७.४० बजेको समयमा नाम थर ठेगाना समेत थाहा नभएका अपरिचित व्याक्तीहरुले भारतबाट लुकाइछिपाई अवैधरुपमा बोरामा हालेर ल्याउदै गरेको अवस्थामा औषधि वरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रहरीलाई देख्ना साथ बोरा छोडेर उनीहरु फरार भएका थिए।बोरा खोली हेर्दा केल्सिएम प्लस,केलसिप्रो,एभल हेल्थ जस्ता विभिन्न नामका औषधि नेपाली ८८ हजार ७ सय ४५ रुपैयाँ बराबरको औषधि फेला पारेको छ।

फेला पारिएको औषधि थप आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालय पठाइएको बताइएको छ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : ०७:४०:५० , २ वर्ष अगाडि