झापा एक्सप्रेस , २२०७६ पटक हेरिएको
शरणामती।नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी)को झापा गाउँपालिका झापा बजार शाखाको उपएकाइगत साधारण सभा सम्पन्न भएको छ।
एकाई समितिका अध्यक्ष सुन्दरलाल गणेशको अध्यक्षता र झापा गाउँपालिका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रका प्रतिनिधी तथा लेखा समिती सदस्य अम्बिकाप्रसाद ढकालले संस्थाका संचालक समिति अध्यक्ष रामचन्द्र उप्रेती र लेखा समितिको प्रतिवेदन बाचन गरेर सुनाएका थिए।
त्यस्तै बासुदेव खतिवडाले स्वतन्त्र लेखा परिक्षण प्रतिवेदन र वार्षिक बजेट तथा कार्यक्रम सेयर सदस्यहरु माझ प्रस्तुत गरेका थिए।
सार्वजनिक प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७८/०७९ असार मसान्तसम्ममा संस्थाको चुक्ता शेयरपुँजी १ अर्व ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ छ भने २०७९ असोज मसान्तसम्ममा १ लाख ३५ हजार ७१७ जना सदस्य रहेका छन् । त्यस्तै कोष हिसाव ८९ करोड ७२ लाख ३५ हजार ५१ रुपैयाँ, निक्षेप मौज्दात ८ अर्व ६५ करोड ७६ लाख ८५ हजार ७१३ रुपैयाँ, कर्जा लगानी १० अर्ब १५ करोड ५१ लाख ५३ हजार ७९४ रुपैयाँ, कुल सम्पत्ती ११ अर्व ९९ करोड ६१ लाख ६५ हजार ५९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७८/०७९ असार मसान्तसम्ममा करअघिको नाफा १३ करोड ६७ लाख २५ हजार ३९२ रुपैयाँ रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले ५५ वटा सेवा केन्द्र मार्फत पाँचवटा ब्यवसायहरु सञ्चालन गरिरहेको छ । संस्थाले बचत तथा ऋण, एनएमसी डेरी, एनएमसी नमूना कृषि फर्म, एनएमसी सहकारी पसल र एनएमसी चिया पसल सञ्चालन गरेको छ ।
कार्यक्रममा संस्थाले सदस्यको मृत्यु भएका ५० हजार, दुर्घटनाबाट मृत्यु भएका १० लाखसम्मका बिमा सुबिधा, दीर्घरोग उपचारमा २५ हजारसम्म राहत सुबिधा र दुर्घटनाबाट घाइते भएका १० हजार रुपैयाँसम्मलगायत उपचार राहत प्रदान गर्दै आएको जानकारी दिइएको थियो । त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न कार्य गर्दै आएको बताइएको छ।
संस्थाले मंसिर ११ गतेदेखि सहकारी पसलमार्फत आफ्ना सदस्यलाई पसलमा उपलब्ध सामग्री उधारोमा दिने योजनासमेत ल्याएको छ ।
साधारणसभामा प्रमुख अतिथि साहले सहकारीहरुले जनताको जिवनस्तर उठाउन मदत गरेकोमा एनएमसीको प्रसंशा गर्दै झापा गाउँपालिकामा जारी मकै जोन कार्यक्रमलाई टेवा दिन मकैको उत्पादन बढाउने खालका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
झापा शाखा प्रमुख देबेन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा मुकेश कर्ण,जगन्नाथ राजबंशी,केशब कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा ज्ञाननाथ उप्रेतीले संस्थालाई सुझाव तथा सल्लाह दिएका थिए।कार्यक्रममा अम्बिका भण्डारीले स्वागत मन्तव्य राखेकी थिन।
प्रकाशित मिति: २०२२-१२-०८ , समय : १९:५६:२३ , २ वर्ष अगाडि