झापा एमालेको मक्का मदिना-ओली

झापा एक्सप्रेस , २१०६१  पटक हेरिएको

झापा-पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला नेकपा एमालेका लागि सधै मक्का मदिना भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्नुहुदै ओलीले झापा जिल्लाले देश निर्माणको लागि र राजनैतिक चेतका लागि भूमिका खोल्नु पर्ने बताउनुभयो । एमालेको उदगम स्थल झापा भएको भन्दै यो सहिद भूमि र चेतनाको भूमि समेत भएको ओलीले बताउँनुभयो ।

आगामी निर्वाचनमा महिलाहरूले झापा विद्रोहको जिल्ला भएको पार्टीको सन्देश लिएर मतदाताको घरघरमा जान समेत अनुरोध गर्नुभयो । नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । महिला दिदी बहिनीहरू बिचारमा स्पष्ट हुने भन्दै नेकपा एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको ओलीले जिकिर गर्नुभयो ।

निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही प्रभाव पार्न नसक्ने समेत ओलीले बताउँनुभयो । अरिंगाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारुलाले जस्तो सुकै गठबन्धन गरे पनि केही फरक नपार्ने ओलीले भनाई थियो ।

अब पनि एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने भन्दै एमालेलाई जोगाएर अहिलेको अवस्थासम्म पु¥याउनमा युवा र महिलाको भुमिका रहेको नेता ओलीले बताउँनुभयो । महिलाहरू दृढका साथ पार्टीको पक्षमा उभिएको भन्दै ओलीले महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने वेला आएको बताउनुभयो । एमाले पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने र पार्टी बचाउने खास भुमिका महिलाको रहेको ओलीले बताउँनुभयो । केन्द्रदेखि तल्लो तहसम्म पनि पार्टीमा पुरुषहरू धेरै लरबराएको तर महिलाहरू बहुत कम मात्रै लरबराएको ओलीले बताउँनुभयो ।

अध्यक्ष ओलीले अहिलेको एक मात्र लक्ष मङ्सिरमा चुनाव जित्ने हुनुपर्ने भन्दै झापा जिल्लाले देशभरिलाई दृष्टान्त दिने गरी भूमिका खेल्नुपर्नेमा समेत ओलीले जोड दिनुभयो ।

प्रकाशित मिति: २०२२-०८-२० , समय : २०:१७:०७ , २ वर्ष अगाडि