कनकाई साप्ताहिक आठौं बर्षमा

झापा एक्सप्रेस , १४७७३  पटक हेरिएको

सुरुङ्गा।झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौ बर्षमा प्रवेश गरेको छ ।

अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभएको छ ।

पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक वर्ग विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेक्षुक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार र अनलाईन हो ।

हप्ताको हरेक आइतवार झापाको सुरुङ्गाबाट नियमित प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिकले स्थानीय गतिविधि र विकास पत्रकारिता गर्दै आइरहेको छ । प्रेस काउन्सिलबाट ख बर्गमा स्थापनादेखिनै नियमित रुपमा बर्गिकरणमा कनकाई साप्ताहिक पर्दै आइरहेको छ ।

प्रकाशित मिति: २०२२-०८-१४ , समय : ०९:०८:०५ , २ वर्ष अगाडि

error: Content is protected !!