झापा गोल्डकप-सातदोवाटो युथ क्लबको विजयी सूरुवात

झापा एक्सप्रेस , ११५८२  पटक हेरिएको

शरणामती ।नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगितामा ‘ए’ डिभिजन क्लब सातदोवाटो युथ क्लबले विजयी सूरुवात गरेको छ ।

बिर्तामोड-३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटोले ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई ट्राइबेकरमा हराउदै जित निकालेको हो।

निर्धारीत समयमा २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सातदोबाटोले टाइब्रेकरमा ४-२ को जित दर्ता गर्यो । सातदोबाटोको जितमा गोलरक्षक अबिशेक बराल नायक रहे । बरालले विपक्षीको एउटा प्रहार बचाए ।

टाइब्रेकरमा सातदोबाटोका आकाश बुढामगर,प्रसान्त अवस्थि,मानबहादुर तामाङ र फ्लोनले गोल गरे । जावलाखेलको लागी भने जुनियर र सुरजजियु ठकुरीले मात्र गोल गर्न सके । राजेन्द्र रावलको प्रहार सातदोबाटोका किपर अबिशेक बराले रोके । जावला खेलको एक प्रहार पोष्ट बाहीर गएको थियो ।

खेलमा सातदोबाटोले खेलको ३ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै सातदोबाटोका अजय मार्टिसले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । मार्टिसले सुदिप गुरुङको पासमा गोल गरेका थिए । ११ औं मिनेटमा जावलाखेल युथ क्लबले खेल बराबरी गर्न सफल भयो । उसका लागि जुनियरले गोल गर्न सफल भए । उनले दाँया साइटबाट आएको बलमा गोल गर्दै टिमलाई खेलमा फर्काए ।

खेलको ३३ औं मिनेटमा फेरी जुनियरलेनै गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

आजबाट सुरु भएको झापा गोल्डकपमा झापा-११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी छन् । भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किमले पनि पाँचौं संस्करणको झापा गोल्डकप खेल्ने छन् ।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । पाँचौं संस्करणको झापा गोल्डकपमा प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले बताएका छन् । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।उच्च गोलकर्तालाई नगद २५ हजार प्राप्त गर्ने छ ।

फोटो-बिनोद पाण्डे 

प्रकाशित मिति: २०२२-०३-०५ , समय : १९:२०:३५ , २ वर्ष अगाडि