कामाटोली- ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

झापा एक्सप्रेस , २४४४१  पटक हेरिएको

सांकेतिक तस्बिर

शरणामती-झापाको झापा गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक गम्भीर घाइते बनेका छन् ।

झापा-३ स्थीत कत्लामारीको भित्री सडकमा आज बुधबार दिउँसो करिव १.५० बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले पछाडीबाट ठक्कर दिंदा झापा-३ बस्ने २० वर्षीय अख्तर अली घाइते भएको प्रहरीले जनाएको छ।

घाइते अलिको टाउको तथा शरीरमा चोट लागेको छ।हाल बिर्तामोड स्थित बिएण्डसीमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटना पछि ट्याक्टर चालक फरार रहेको र ट्याक्टर र मोटरसाइकल दुबै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २०२२-०६-१५ , समय : २१:०१:१४ , २ वर्ष अगाडि