सम्पादकीय- झापाबाट झापा एक्सप्रेस सुरु

Jhapa express , १३५५२  पटक हेरिएको

बढ्दो डिजिटल प्रयोगलाई आत्मसाथ गर्दै स्थानीय समाचारलाई प्राथमिकता दिने उद्देश्यका साथ झापा गाउँपालिकाबाट झापा एक्सप्रेस डटकम नामक डिजिटल पत्रिका प्रकाशन सुरु भएको छ।

झापा एक्सप्रेस मिडिया प्रालिबाट सञ्चालित यस डिजिटल पत्रिकाले स्थानीय तहमा भएका गतिविधिलाई पहिलो प्राथमिकतामा राख्ने प्रण लिएको छ। पत्रकारिता धर्म र कर्तव्यमा खरो उत्रने संस्थाका रुपमा परिचित हुने लक्ष्य राखेको यस सञ्चार संस्थाले सन्तुलितरुपमा समाचार सामग्री उत्पादन तथा प्रकाशन गर्ने जमर्को गर्नेछ।

अग्रजको उत्साह र प्रेरणालाई सम्मान गर्दै यस संस्थाको प्रगतिमा स्थानीय पाठक,दर्शक,स्रोताको उल्लेखनीय भुमिकाको कदर गर्नेछ।विभिन्न राजनिती दलका सिद्धान्तलाई सन्तुलितरुपमा पस्कनुनै हाम्रो धर्म हुनेछ।समाजमा भएका विकृती तथा अनियमिततालाई पस्कदै जनताप्रति उत्तरदायी र जिम्बेवार हुने पत्रकारिता धर्मलाई पालना गर्नेछ।

झापा गाउँपालिकाबाट प्रकाशित पहिलो डिजिटल पत्रिका झापा एक्सप्रेस डटकमलाई उचाइमा पुर्याउन यहाँहरू सबैको उत्तिकै सहकार्य र सहयोगको खाँचो छ।यहाँहरुको अमूल्य सहयोग र खरो सुझावको अपेक्षा सदैव रहनेछ।धन्यबाद

प्रकाशक- केशब चापागाईं

प्रकाशित मिति: २०२२-०३-०१ , समय : १६:१८:५९ , २ वर्ष अगाडि