असार १ देखि आइतबारको बिदा खारेज

झापा एक्सप्रेस , १३३४३  पटक हेरिएको

काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो ।

यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

प्रकाशित मिति: २०२२-०६-०६ , समय : १९:४८:२३ , २ वर्ष अगाडि